प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
शुक्रबार, ०७ वैशाख २०८१, ०८ : ४७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो।
सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
हराएका २४ वटा दुईपाङग्रे सवारी साधन भेटिए
-
समान रूपमा बजेट व्यवस्था गर्न सांसद कार्कीको माग
-
छोरालाई सुहाउँदो बुहारी बनाउन महिलाले ११ वर्षिया बालिकालाई अपहरण गरेपछि...
-
फ्लेचर र चार्ल्सको अर्धशतक, नेपालसामु विशाल लक्ष्य
-
काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर