शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही

बिहीबार, २० वैशाख २०८१, १३ : ३९
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्‌मा आन्दोलन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए । 

उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए । 

उनले नाग्मा–रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि आग्रह गरे । आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप