कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
बिहीबार, २० वैशाख २०८१, १३ : ३९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्मा आन्दोलन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराए ।
उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए ।
उनले नाग्मा–रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि आग्रह गरे । आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण