शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनसन स्थगित गर्दै घिमिरे, स्वास्थ्य अवस्था गम्भीर

सोमबार, १० वैशाख २०८१, १३ : ०७
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । आमरण अनसनरत युवा किसान श्रीराम घिमिरेले स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसन स्थगित गर्ने भएका छन् । लो–ब्लडप्रेसर भएर स्वास्थ्य समस्या देखिएपछि उनले दुई साताका लागि अनसन स्थगित गर्ने भएका हुन् । 

काठमाडौँको शान्ति वाटिकामा वैशाख १ गतेदेखि उनी आमरण अनसनरत छन् । आज ४ बजे घिमिरेले अनसन स्थगित गर्ने उनका साथी सरोज घिमिरेले बताए ।  श्रीरामले ९ दिनसम्म आमरण अनसन बसे पनि सरोकारवाला निकायले वास्ता नगरेको गुनासो गरे । ‘दुई साताको लागि अनसन स्थगित गछौँ,’ सरोजले भने, ‘अप्रिय घटना भएमा हाम्रो नै नोक्सान हुने हो ।’

उनी कृषि क्षेत्र सुधारका लागि ५ बुँदे माग राख्दै अनसनरत थिए । श्रीरामले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था गर्न माग गरेका छन् । यस्तै, प्रोजेक्टको आधारमा ५० लाखसम्म १ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने उनको माग छ । 

किसान कार्डको आधारमा कृषि अनुदानलाई भूमि र यातायातको भाडामा सर्वसुलभता हुनुपर्ने समेत उनको माग छ । घिमिरेले पूर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्न समेत सरकारसँग माग गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप