सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

सोमबार, १० वैशाख २०८१, १५ : ५७
सोमबार, १० वैशाख २०८१

भारत । सोमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

अधिकारीका अनुसार सोमबार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) लाई अँचोली क्षेत्रको अन्डोली नजिकै पिथौरागढ जिल्लामा गाडी दुर्घटनामा परेको जानकारी दिएको थियो । 

गाडीमा विवाह समारोहमा सहभागी भएर घर फर्किरहेका आठ जना सवार थिए । गाडीले नियन्त्रण गुमाई बाटोबाट दुई सय मिटर गहिरो खाडलमा खस्दा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले जनाएका छन् ।   

दुर्घटनाको सूचना पाएपछि एएसआई सुन्दर सिंह बोराको नेतृत्वमा एसडिआरएफ टोली तुरुन्तै दुर्घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।  

घटनास्थलमा एसडिआरएफ टोलीले स्थानीय प्रहरी र बासिन्दासँग समन्वय गरी मृतक चार जनाको शव जिल्ला प्रहरीलाई हस्तान्तरण गरेको अधिकारीहरूले बताएका छन् । -(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप