सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
महाभूकम्पको स्मरण

गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)

बुधबार, १२ वैशाख २०८१

गोरखा । वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो ।  गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो । 

barpak (2)

आज सोही भूकम्प गएको ९ वर्ष पूरा भएको छ । करिब १५ सय भन्दा बढी घरधुरी, अधिकांश मानिसहरू बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, डुङ्गाले छाएको घर, बाटो भरि ढुङ्गा बिछ्याइको सुन्दर गाउँको रूपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ । 

barpak (3)

सो महाभूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको अहिले मौलिकता मासिएको छ । आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू आउने गर्दछन् । सडक सञ्जालले जोडिएको र सुविधा सम्पन्न होटलहरु खुलेकाले बारपाक आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

barpak (4) 

परम्परागत डुङ्गाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरू निर्माण भएका छन् । ढुङ्गा छापिएका बाटोहरू मोटर बाटोमा परिणत भएका छन् । ९ वर्ष अगाडी भूकम्पले मानसिक र शारीरिक रूपमा पुर्‍याएको घाउका टाटाहरू मात्र बाकी छन् बारपाकीहरुको मनमा । दैनिकी सामान्य बन्दै गएको छ । 

 

barpak (5)barpak (6)barpak (7)

barpak (8)barpak (9)barpak (10)barpak (11)barpak (12)barpak (13)barpak (14)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया