सामूहिक बलात्कार गरी फरार प्रतिवादी पक्राउ

कास्की । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका- १५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका-७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०७९ कात्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार रुपैयाँ जरिवाना र २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-१५ क्रान्तिकारी टोल नजिकै २०७१ असार ६ गते ४२ वर्षीया महिलालाई पूर्णबहादुर लगायत ४ जनाले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामूहिक जबरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
-
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?