राजनीति
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
आइतबार, २३ वैशाख २०८१, २३ : २५
काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई नेतालाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । उनीहरुले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।
‘पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्माले पार्टी परित्याग गरेको हुनाले उहाँहरू दुवै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ’, केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकले गरेको निर्णयमा भनिएको छ ।
माओवादीले रिक्त केन्द्रीय सदस्य पदमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण