आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो

आइतबार, २३ वैशाख २०८१, २३ : २५
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई नेतालाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । उनीहरुले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए । 

‘पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्माले पार्टी परित्याग गरेको हुनाले उहाँहरू दुवै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ’, केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकले गरेको निर्णयमा भनिएको छ । 

माओवादीले रिक्त केन्द्रीय सदस्य पदमा दवर बहादुर क्षेत्री (डीबी क्षेत्री) मनोनीत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप