प्रदेश
गण्डकीका सभामुखलाई कांग्रेसले देखायो संसद् बैठकमै कालोझण्डा
आइतबार, २३ वैशाख २०८१, १८ : १९
पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।
सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।
मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० सांसदलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।
कांग्रेसका सांसदहरुले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण