आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलको चौराहा चिडीयाखोला सडकको ठेक्का खारेज

आइतबार, २३ वैशाख २०८१, १८ : ५७
आइतबार, २३ वैशाख २०८१

बुटवल । बुटवल राजमार्गअन्तगर्त चौराहादेखि चिडीयाखोलासम्मको सडकको ठेक्का सम्झौता खारेज भएको छ । पटकपटक म्याद थप्ने तर काम नगर्ने भएपछि   सडक सडक डिभिजन कार्यालयले ठेक्का खारेज गरेको हो ।

कञ्चनजङ्घा बिरुवा जे.भीका ठेकेदारसँग  लिखित सम्झौता गर्दा पनि कार्य सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।

२०७३ साल चैत्रमा ठेक्का सम्झौता भए पनि हालसम्म सडक निर्माणको काम सम्पन्न भएको छैन ।  स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगर्ने भएपछि सम्झौता अन्त्य गर्नु परेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर दाहालले बताए । उक्त ३ किलोमिटर सडक कञ्चनजंगा बिरुवा जेभीले ४० करोड बढीमा ठेक्का लिएको थियो ।  

nottes

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप