बुटवलको चौराहा चिडीयाखोला सडकको ठेक्का खारेज
आइतबार, २३ वैशाख २०८१, १८ : ५७
बुटवल । बुटवल राजमार्गअन्तगर्त चौराहादेखि चिडीयाखोलासम्मको सडकको ठेक्का सम्झौता खारेज भएको छ । पटकपटक म्याद थप्ने तर काम नगर्ने भएपछि सडक सडक डिभिजन कार्यालयले ठेक्का खारेज गरेको हो ।
कञ्चनजङ्घा बिरुवा जे.भीका ठेकेदारसँग लिखित सम्झौता गर्दा पनि कार्य सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।
२०७३ साल चैत्रमा ठेक्का सम्झौता भए पनि हालसम्म सडक निर्माणको काम सम्पन्न भएको छैन । स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगर्ने भएपछि सम्झौता अन्त्य गर्नु परेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर दाहालले बताए । उक्त ३ किलोमिटर सडक कञ्चनजंगा बिरुवा जेभीले ४० करोड बढीमा ठेक्का लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण