आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार, २३ वैशाख २०८१, १८ : ३९
आइतबार, २३ वैशाख २०८१

दाङ । दाङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

दाङको तुल्सीपुर उपमहानगरपालिका-९ अटोभिलेजस्थित सडकमा रा.१ क ५९६ नम्बरको ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-९ बेलुवा घर भएका ३८ वर्षीय सेफ अलि खानको आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै इलेक्ट्रोनिक पसल अगाडि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  

यता रूपन्देहीको सैनामैना नगरपालिका-१  बर्माचोकस्थित सडकमा लु.१ ख ७४०९ नम्बरको माइक्रो बस र लु.९ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ७० वर्षीय शिवलाल पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप