आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस

बिहीबार, १३ वैशाख २०८१, १४ : १६
बिहीबार, १३ वैशाख २०८१

नयाँ दिल्ली । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कंग्रेस नेता राहुल गान्धीको भाषणमाथि स्पष्टीकरण सोधेको छ ।  आयोगले बिहीबार बिहीबार कंग्रेस र भाजपा अध्यक्षसँग जवाफ मागेको हो । आयोगले मोदी र राहुलको भाषणलाई लिएर आएको उजुरीका आधारमा जवाफ मागेको सूचनामा उल्लेख छ । 

यी नेताहरूले धर्म, जात, समुदाय र भाषाका आधारमा जनतामा घृणा र विभाजन फैलाउने काम गरिरहेको उजुरीमा बताइएको छ । आयोगले यस विषयमा दुवै पक्षका अध्यक्षलाई अप्रिल २९ गते बिहान ११ बजेभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । 

 आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ बमोजिम दुवै दलका अध्यक्षलाई नोटिस पठाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप