आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुबई र माल्टा पठाउँछौँ भनेर १७ लाख ठगेको आरोपमा दुईजना पक्राउ

सोमबार, २४ वैशाख २०८१, २१ : ३९
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । दुबई र माल्टा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण गाउँपालिका–१ घर भएर बौद्ध बस्ने सूर्य थापा मगर र धादिङको ज्वालामुखी गाउँपालिका–९ घर भएकी विमला गुरुङ छन् ।

३० वर्षीय थापाले १० लाख २० हजार र ४६ वर्षीया गुरुङले ७ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । थापा मगरले दुबई पठाउँछु भनेर ५ जनासँग सो रकम लिएर सम्पर्क विहीन भएका हुन् ।

गुरुङले माल्टा पठाउँछु भनेर रकम लिएकी थिइन् । उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप