दुबई र माल्टा पठाउँछौँ भनेर १७ लाख ठगेको आरोपमा दुईजना पक्राउ
सोमबार, २४ वैशाख २०८१, २१ : ३९
काठमाडौँ । दुबई र माल्टा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण गाउँपालिका–१ घर भएर बौद्ध बस्ने सूर्य थापा मगर र धादिङको ज्वालामुखी गाउँपालिका–९ घर भएकी विमला गुरुङ छन् ।
३० वर्षीय थापाले १० लाख २० हजार र ४६ वर्षीया गुरुङले ७ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । थापा मगरले दुबई पठाउँछु भनेर ५ जनासँग सो रकम लिएर सम्पर्क विहीन भएका हुन् ।
गुरुङले माल्टा पठाउँछु भनेर रकम लिएकी थिइन् । उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण