भूकम्प २०७२
संविधान आउनुपर्ने थियो
महाभूकम्प पो आयो
बनाउनु पर्ने देश
भत्काए र पो गयो
गयो त्यो गयो
महाभूकम्प गयो ।
हेर्दा हेर्दै वर्षौँ बुढो
धरहरा
मठ - मन्दिर र पुराना कयौँ दरबार
गाउँघर , बजार अनि सहर
पारेर छिन भरमै खण्डहर
गयो त्यो गयो
महाभूकम्प गयो ।
समय मै संविधान बनाउने सद्बुद्धि दिएर
खिचातानी असहमति आफैँसँग लिएर
भत्किएको देश आफैँ बनाउने
हाम्रो सामर्थ्य विश्वलाई जनाउने
यस्तै सन्देश नेपालीमा छरेर
हुँदै नसक्ने सहमति गरेर
गयो त्यो गयो
महाभूकम्प गयो ।
सहरका गगन चुम्बी सिमेन्टका महल
वा गाउँघरका कच्ची माटोका घर
सबैको जग हल्लाएर
कतिलाई ढल्काएर
कतिलाई गर्लम्याएर
अब उप्रान्त भूकम्प प्रतिरोधी संरचना
बनाउनु भन्दै हकारेर
गयो त्यो गयो
महाभूकम्प गयो ।
घर मालिक र डेरावालाका बिच
मालिक र नोकरका बिच
ठुला र सानाका बिच
अनौठो सम्बन्ध बोध गराउँदै
तेरो मेरो भन्ने भावना मराउँदै
को साम्यवादी को पुँजीवादी
सबको मन मस्तिष्क हल्लाउँदै
गयो त्यो गयो
महाभूकम्प गयो ।
सबको बास खुला धर्तीमा
मरिलानु केही छैन खल्ती हुन्न कात्रोमा
विनाश सँगै विकासको ढोका खुल्दछ
काँडा माथि नै सृष्टिको सुन्दर फुल फुल्दछ
यही अर्तीले हामी सबलाई बाँधेर
समय कालम फेरि आउने सम्भाव्यता
साँचेर गयो
गयो त्यो गयो महाभूकम्प गयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण