भूकम्प २०७२

संविधान आउनुपर्ने थियो
महाभूकम्प पो आयो
बनाउनु पर्ने देश
भत्काए र पो गयो
गयो त्यो गयो
महाभूकम्प गयो ।
हेर्दा हेर्दै वर्षौँ बुढो
धरहरा
मठ - मन्दिर र पुराना कयौँ दरबार
गाउँघर , बजार अनि सहर
पारेर छिन भरमै खण्डहर
गयो त्यो गयो
महाभूकम्प गयो ।
समय मै संविधान बनाउने सद्बुद्धि दिएर
खिचातानी असहमति आफैँसँग लिएर
भत्किएको देश आफैँ बनाउने
हाम्रो सामर्थ्य विश्वलाई जनाउने
यस्तै सन्देश नेपालीमा छरेर
हुँदै नसक्ने सहमति गरेर
गयो त्यो गयो
महाभूकम्प गयो ।
सहरका गगन चुम्बी सिमेन्टका महल
वा गाउँघरका कच्ची माटोका घर
सबैको जग हल्लाएर
कतिलाई ढल्काएर
कतिलाई गर्लम्याएर
अब उप्रान्त भूकम्प प्रतिरोधी संरचना
बनाउनु भन्दै हकारेर
गयो त्यो गयो
महाभूकम्प गयो ।
घर मालिक र डेरावालाका बिच
मालिक र नोकरका बिच
ठुला र सानाका बिच
अनौठो सम्बन्ध बोध गराउँदै
तेरो मेरो भन्ने भावना मराउँदै
को साम्यवादी को पुँजीवादी
सबको मन मस्तिष्क हल्लाउँदै
गयो त्यो गयो
महाभूकम्प गयो ।
सबको बास खुला धर्तीमा
मरिलानु केही छैन खल्ती हुन्न कात्रोमा
विनाश सँगै विकासको ढोका खुल्दछ
काँडा माथि नै सृष्टिको सुन्दर फुल फुल्दछ
यही अर्तीले हामी सबलाई बाँधेर
समय कालम फेरि आउने सम्भाव्यता
साँचेर गयो
गयो त्यो गयो महाभूकम्प गयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर