बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

बलियो राजस्थानसँग बदला लिने लखनउलाई मौका

शनिबार, १५ वैशाख २०८१, १४ : ४७
शनिबार, १५ वैशाख २०८१

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) खेलिनेछ। आजको दोस्रो खेल लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबिच हुनेछ । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियम (इकाना), लखनउमा साँझ ७:४५ बजेबाट सुरु हुनेछ। 

दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । पछिल्लो खेलमा राजस्थानले लखनउलाई २० रनले पराजित गरेको थियो ।

आजको पहिलो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच हुनेछ । खेल दिल्लीको अरुण जेटली स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

  • राजस्थान हेड टु हेडमा अगाडि

राजस्थान र लखनउबिचको आईपीएलमा हालसम्म ४ खेल मात्रै खेलेका छन् । लखनउले १ र राजस्थानले ३ जित हात पारेको छ । 

rr

लखनउको घरेलु मैदान भारत रत्न श्री अटल बिहारी वाजपेयी स्टेडियममा हालसम्म यी दुई टोलीबिच एउटा पनि खेल भएको छैन।

  • एलएसजीका लागि राहुलको सर्वाधिक रन

​​​​​​​​​​​​​​kl rahul

लखनउको यो सिजनको ९औँ खेल हुनेछ । ८ खेलमा ५ जित र ३ हारका साथ १० अङ्क जोडेको टोली अङ्क तालिकाको चौथो स्थानमा छ । टोलीका लागि कप्तान केएल राहुलले सर्वाधिक रन बनाएका छन् । उनले ८ खेलमा ३ सय २ रन बनाएका छन् । यश ठाकुरले सर्वाधिक ९ विकेट हात पारेका छन् ।

  • रियान पराग फर्ममा

यो राजस्थानको पनि ९ औँ खेल हुनेछ । टोलीले ८ मध्ये १ खेलमा मात्र हार बेहोरेको छ भने ७ खेलमा जित निकालेको छ । राजस्थान १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । 

टोलीका लागि रियान पराग सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ८ खेलमा ३१८ रन बनाएका छन् । त्यस्तै युजभेन्द्र चहल १३ विकेट लिएर टिमका सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

  • पिच रिपोर्ट

लखनउको पिचमा आईपीएलमा स्पिनरहरूको दबदबा थियो । लो स्कोरिङ खेलहरू यहाँ देखियो र ब्याट्सम्यानहरूलाई रन बनाउन निकै गाह्रो भयो। 

यहाँ अहिलेसम्म कुल ११ आईपीएल खेल खेलिएका छन्। यहाँको उच्चतम टोली स्कोर १९९/८ हो, जुन यस वर्ष पञ्जाब किंग्स विरुद्ध लखनउले बनाएको थियो। 

६ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले र ४ खेलमा पछ्याएको टोलीले जित निकालेको छ । जबकि एक खेल भने नतिजाविहीन रह्यो ।

  • मौसम अवस्था

शनिबार लखनउमा बदली रहनेछ तर वर्षाको सम्भावना छैन। हावा पनि बलियो हुनेछ। खेलको दिन यहाँको तापक्रम ४० देखि २५ डिग्री सेल्सियसको बिचमा रहनेछ।

  • दुवै टोलीको सम्भावित प्लेइङ-११

लखनऊ सुपर जायन्ट्स: केएल राहुल (कप्तान र विकेटकिपर), क्विन्टन डी कक, दीपक हुडा, मार्कस स्टोइनिस, निकोलस पूरन, आयुष बडोनी, क्रुणाल पाण्ड्या, म्याट हेनरी, रवि बिश्नोई, यश ठाकुर र मोहसिन खान।

इम्प्याक्ट प्लेयर: देवदत्त पडिक्कल।

राजस्थान रोयल्स: सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।

इम्प्याक्ट प्लेयर : जोस बटलर।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप