सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु

आइतबार, १६ वैशाख २०८१, १६ : ४६
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले आफूले देश र जनताको हितमा इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् । 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार पद तथा गोपनीयताको शपथ लिएसँगै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् । 
उनले भनिन्, ‘अब मेरो भुमिका भनेको मैले खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भुमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि मेरो आजदेखिको सम्पूर्ण काम समर्पित गर्न चाहन्छु । राष्ट्रियसभाको गरिमालाई उचाईमा पु¥याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु । ’

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन् । उनी पूर्वराजदूत समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप