आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ (तस्बिरहरु)
राजनीति

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ (तस्बिरहरु)

आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतबार संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन । 

मनोनीत कोटा अन्तरगत शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा गत चैत ६ गते मनोनीत भएकी थिइन् । 

गत चैत ३० गते सरकारले शाक्यलाई मनोनीत गर्न  राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभामा रहेका  ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया