मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा दुरी घटाउँदै सिटी

सोमबार, १७ वैशाख २०८१, ०६ : ३५
सोमबार, १७ वैशाख २०८१

लण्डन । नटिङह्याम फरेस्टलाई हराउँदै साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी १ अङ्कमा झारेको छ । आइतबार राति भएको खेलमा सिटी २–० गोलले विजयी बन्यो ।

खेलको ३२ औँ मिनेटमा जोस्को ग्भार्डिओलले सिटीलाई अग्रता दिलाएका थिए । चोटिल हुँदै यसअघिका दुई खेल गुमाएका अर्लिङ हालान्डले खेलको ७१ औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

योसँगै यो सिजन प्रिमियर लिगमा उनको गोल सङ्ख्या २१ पुगेको छ । उनी यो सिजन सर्वाधिक गोलकर्ता पनि हुन् । सिटीका लागि केभिन डी ब्रुयनाले दुवै गोलको अवसर सिर्जना गरेका थिए ।

सिटीले शीर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको छ । टोलीको ३४ खेलबाट ७९ अङ्क छ । आर्सनलको ३५ खेलबाट ८० अङ्क रहेको छ । सिटी लगातार चौथो लिग उपाधि जित्ने होडमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप