मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

डुङ्गाबाट ६ सय करोड भारुको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा

सोमबार, १७ वैशाख २०८१, ०६ : ५०
सोमबार, १७ वैशाख २०८१

गुजरात । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागु औषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई रोकेको छ । उक्त डुङ्गाबाट ८६ किलो लागु औषध बरामद भएको कोस्ट गार्डले जनाएको छ, जसको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड भारतीय रुपैयाँ रहेको छ ।

कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो ।गत महिना पनि कोस्ट गार्डले ८० केजी लागु औषध बरामद गरेको थियो ।

गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी लागु औषध भारतीय बजारका लागि नभई श्रीलङ्का लगिएको बताएका छन्।  अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए । उनीहरू सबै बलुचिस्तानका नागरिक हुन्। पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल भएको लागु औषधका ७८ प्याकेट भेटिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप