बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

शाख समूहले गर्‍यो हङकङको बोर होटलसँग एमओयू

सोमबार, १७ वैशाख २०८१, ११ : ०५
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) सम्झौता भएको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) भएको हो ।

शाख समूहका किरण शाखले चीनको बोर होटलसँग १०० मिलियन चिनियाँ युवान लगानीको सम्झौता सम्पन्न भएको हो । एमओयू सम्झौतामा शाख समूहका अध्यक्ष किरण शाखले र बोर होटलकातर्फबाट लि पिंगले हस्ताक्षर गरे । सम्झौताअनुसार कपिलवस्तुमा २०० भन्दा धेरै कोठा भएको बोर होटल निर्माण हुनेछ ।

सम्झौताअनुसार बोर होटलले रकम लगानी गर्नेछ भने जग्गा शाख समूहको हुनेछ । बोर हाटेल समूहले कपिलवस्तुको जग्गा समेत हेरेर फर्किएको शाखको भनाइ छ । होटल सञ्चालनमा आएपछि प्रतिकोठाको मूल्य २ देखि ३ हजार चिनियाँ युवानसम्म हुने बताइएको छ ।

बोर होटलले हाल मकाउ, कम्बोडिया, भियतनाम, लाओस र जापान लगायत देशमा सञ्चालनमा आइरहेको छ । कपिलवस्तुमा स्थापना हुने यो होटल १.५ मिलियन स्क्वायार फिट जमिनमा खुल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप