बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा वैकल्पिक ऊर्जा र उच्च मूल्यसहितका कृषि उत्पादनको पर्याप्त सम्भावना छ : उपाध्यक्ष श्रेष्ठ

सोमबार, १७ वैशाख २०८१, १३ : २१
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपालमा निजी क्षेत्रका लागि लगानीको उत्कट सम्भावना रहेको बताएका छन् । लगानी सम्मेलनको दोस्रो दिनको ‘ग्रीन फाइनान्स फर सस्टेनेबल इन्फ्रास्ट्रक्चर’  सेसनमा सम्बोधन गर्दै उपाध्यक्षले १६ औँ योजना बनिरहेकाले लगानीको उत्कृष्ट सम्भावना रहेको बताएका हुन् ।

उनले १६ औँ योजनामा सरकारले राख्ने विकासको लक्ष्य पुरा गर्नका लागि खर्बौ रुपैयाँको लगानी चाहिने बताए । यसबाहेक नेपाल कृषि क्षेत्रमा लगानीका लागि विश्वकै सबैभन्दा उत्कृष्ट गन्तव्य भएको बताए । उनले नेपालमा यार्सागुम्बादेखि उच्च हिमालय क्षेत्रमा उत्पादन हुने कृषि उपजका वस्तु उत्पादन गर्न सकिने बताए ।

उनका अनुसार नेपालले भावी दिनमा विश्वबजारमा ठुलो मात्रामा पानी निर्यात गर्नेछ । यसबाट नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको पुष्टि हुने उपाध्यक्ष डा.श्रेष्ठको भनाई छ । नेपालमा हरित अर्थतन्त्र निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र पर्यटन लगानीका प्रमुख क्षेत्र भएको डा श्रेष्ठले बताए ।

‘जलवायु परिवर्तनलाई रोक्नका लागि हरित ऊर्जामा लगानी गर्न र कार्बन उत्सर्जन घटाउने लक्ष्य भेट्टाउनका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘आज नेपाल नयाँ युगको सुरुवाती चरणमा छ । यसमा सहकार्य गरेर अघि बढ्नुपर्छ र सकिन्छ ।’

यसो हुँदा भावी पुस्ताले स्वच्छ हावा र स्वच्छ ऊर्जा पाउने डा. श्रेष्ठको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप