नयाँ इन्जिन र डिजाइनसहितको नयाँ गाडी बनाउने हो : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुरानै गाडीलाई डेन्टिङपेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइनसहितको नयाँ गाडी बनाउने भन्ने आजको मुख्य बहस भएको बताएका छन् ।
विराटनगरमा ‘ नेपाल समाजवादी पार्टी १ नं प्रदेशको अभिमुखीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै नेसपा महाधिवेशन आयोजक समिति संयोजक रहेका डा. भट्टराईले देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसिइवी, धोकाधडीको रूपमा होइन त्यसमा अन्तर्निहित विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझ्नुपर्ने बताएका हुन्। अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गर्नुपर्ने बताउँदै उनले एकता, संघर्ष र रूपान्तरणको विधि अनुसरण गर्न बिर्सन नहुने उनको भनाई थियो ।
यतिबेला नेसपा पार्टी संगठन निर्माण तथा विस्तार अभियानमा लागेको छ । कार्यक्रममार्फत तीन दर्जन बढी मानिसहरू पार्टीमा प्रवेश गरेका छन्। उनीहरू सबैलाई भट्टराई स्वागत गर्दै पार्टीको संगठन विस्तारमा लाग्न भट्टराईले आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण