‘जीवनको रेल’मा दीपेन्द्र र अलिसाको प्रेम पीडा
मङ्गलबार, १८ वैशाख २०८१, ०८ : १०
_kdhNsF2eAW.png)
काठमाडौँ । गायक सिडी विजय अधिकारीको मर्म स्पर्शी गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको गीतका शब्द दीपेन्द्र अधिकारीले कोरेका हुन् ।
गायक सिडीकै सङ्गीत रहेको गीतको एरेन्ज राजु कार्की रहेका छन् । गीतको भिडियोमा प्रेमीकाबाट धोका पाएका प्रेमीको छटपटी देखाउन खोजिएको छ । भिडियोका निर्देशक पनि गायक अधिकारी नै हुन् ।
भिडियोमा दीपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन विष्टको अभिनय छ । महेश महराको छायांकन रहेको भिडियो दिनशन शाहले सम्पादन गरेका हुन् । भिडियोलाई डिए क्रियशन युट्युब च्यानलले बाहिर ल्याएको हो ।