दैलेख प्रशासन कार्यालयभित्रै ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालनमा
दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखको कार्यालय परिसरमा सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा आएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको बेलामा सेवाग्राहीहरूको स्वास्थ्यलाई समेत ध्यानमा राखेर निरन्तर सेवा दिने गरी सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालन गरिएको भुसालले बताए ।
‘हामीले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गएको महसुस गरेका छौँ । सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रममार्फत सेवाग्राहीका गुनासा तथा समस्याको सुनुवाइ गर्दै आएकोमा मंगलबारदेखि सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष समेत सञ्चालनमा ल्याएका हौँ ।’ – प्रजिअ भुसालले भने ।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार दिउँसो १२ बजेदेखि ०२ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीहरुले स्वास्थ्य परीक्षण कक्षबाट सेवा लिन सक्नेछन् । स्वास्थ्य परीक्षण कक्षका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट निः शुल्क औषधि तथा जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको प्रजिअ भुसालले बताए ।
प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । प्रजिअ खिमराज भुसालले हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँगै बसेर उनीहरूका समस्या र गुनासा सुन्ने गरेका छन् । यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उनी बताउँछन् । यो कार्यक्रम अन्तर्गत लंगिक हिंसा, बालविवाह र लागुऔषध दुर्व्यसन लगायत समस्या न्यूनीकरण गर्ने विषयमा समेत सेवाग्राहीसँग छलफल गरिरहेको प्रजिअ भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण