निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले चुनाव जितेपछि गुन बिर्सिए : बाबुराम भट्टराई
_9k2w3VRFuL.jpg)
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको आरोप लगाएका छन् । बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।
निर्वाचन अघि प्रचण्डले निर्वाचन क्षेत्रसमेत नपाएर भौतारिएको अवस्थामा आफूले निर्वाचन क्षेत्र छोडेर गुन लगाएको तर निर्वाचन जितेपछि पहिलाको गुन बिर्सिएको गुनासो गरे । उनी सत्ताका लागि जे पनि गर्ने व्यक्ति भएको भन्दै भट्टराईले समाजवादी यात्रामा जान माओवादी तयार भएपछि सहयोग गरेको प्रस्टीकरण दिए ।
‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्ड जीले आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाइरहनुभएको छ । प्रचण्ड आफै पछारिसकेपछि निर्वाचन क्षेत्रसमेत नपाएर भतारिँदै हिँडेको बोला थियो । त्यहाँभित्रका साथीले अबको बाटो तपाईँकै हो । संविधानसभा, गणतन्त्र भन्नुभएको थियो । नबुझेर हामीले विरोध गर्यौँ । आखिर तपाईँकै बाटोमा सही रहेछ । हामी अहिले पनि कहिले कांग्रेस त कहिले एमालेतिर भौँतारी रहेका छौँ । तपाईँले फेरी साथ दिनुपर्यो । माओवादीलाई समाजवादी पार्टीमा रूपान्तरण गर्छौँ । मलाई प्रचण्डजीको विश्वास थिएन । उहाँले सत्ताका निमित्त जोपनि गर्नुहुन्छ, त्यो मलाई थाहा थियो । तर माओवादी भित्रका साथीहरूले नयाँ ढंगले जान्छौं, माओवादी युगको समय सिद्धियो । अब नयाँ समाजवादी ध्रुवीकरणको कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौ भनेको हुनाले एउटा साझा चुनाव चिन्हमा लिएर जाऊँ भनेको हो’, माओवादीसँगको सहकार्यबारे उनले प्रस्ट पार्दै उनले भने ।
त्यतिबेला पार्टी एकीकरणको कुरा कतै नभनिएको दाबी गर्दै पछि प्रचण्डले खोलो तर्यो लौरो बिर्सियो गरेको आरोप लगाए । हिजो पानीमा भिजेको बिरालो जस्तो मान्छे चुनाव जितिसकेपछि शेर जसरी गर्जिन थालेको आरोप लगाए । अहिले आफू साना सङ्ख्यामा भए पनि अन्तिममा आफ्नै एजेन्डाले जित्ने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग