शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एन्ड्रोइड फोनमा अडियो इमोजी फिचर ल्याउँदै गुगल

शुक्रबार, २१ वैशाख २०८१, १२ : ५५
शुक्रबार, २१ वैशाख २०८१

काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले नयाँ फिचर ल्याएको छ । कम्पनीले गुगल फोनका लागि नयाँ अपडेट जारी गरेको छ । यो अपडेटपछि गुगल फोन प्रयोगकर्ताहरूले फोन गर्दागर्दै अडियो इमोजी पठाउन सक्नेछन् ।

अडियो इमोजी एक प्रकारको साउन्ड इफेक्ट हो । यसको प्रयोग कलिङको बेलामा गर्न सकिनेछ । यो फिचर ल्याउनुको उद्देश्य कलिङलाई रमाइलो बनाउनु भएको बताइएको छ । यो फिचर अहिले बिटा प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्नेछन् ।

अडियो इमोजीको रूपमा प्रयोगकर्ताहरूले छ वटा फरक फरक विकल्पहरू पाउनेछन् जसमा स्याड, अपलज, सेलिब्रेट, लाफ, म«मरोल र पूप इमोजी रहेका छन् । गुगलले गएको वर्ष देखि यो फिचरमा काम गर्न थालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप