हेटौँडामा ९ जना सम्मानित
हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा क्रियाशील ९ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी साहित्य, संगीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा योगदान गरेका तथा क्रियाशील ९ जनालाई सम्मान गरेको हो ।
प्रतिष्ठानले साहित्यतर्फ योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीकी कुन्ता शर्मा, गीत संगितको माध्यमबाट योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८० बाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारमा योगदान पु¥याएको भन्दै भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० बाट मकवानपुरका कलाकार बीएस राना र पत्रकारिताका क्षेत्रबाट साहित्य कला तथा संगितमा योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । भट्टराई मधुपर्कका पूर्वसम्पादक समेत हुन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
त्यस्तै प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट १५ हजार रुपैयाँ सहित मञ्जु खराल, शिला नारी पुरस्कार १५ हजार रुपैयाँसहित निरु मगर र २० हजार रुपैयाँको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।
त्यस्तै १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्र र अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले सम्मान तथा पुरस्कार वितरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना : सरकारी टिभीले भन्यो – कोही पनि बाँचेको संकेत छैन
-
बागमती प्रदेश : मन्त्रालय विभाजनसँगै एमालेमाथि नैतिकताको प्रश्न खडा
-
इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा षड्यन्त्र भएको आशङ्का, अमेरिकी सांसदले के भने ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने