ड्रोनले इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो
सोमबार, ०७ जेठ २०८१, ०७ : ३९
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको खोजीमा टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटना भएको सम्भावित स्थान पत्ता लगाएको छ । समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति रईसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो।
एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिन्छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ।
आइतबार इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाह्यान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रईसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् । राष्ट्रपति रईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण