आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी, २ ट्रक प्लाइउड भारत निर्यात

सोमबार, २४ वैशाख २०८१, १७ : ४८
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नेपालगन्ज एकीकृत जाँच चौकी औपचारिक रूपमा सञ्चालन सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा औपचारिकरुपमा आजदेखि जाँच चौकी सञ्चालनमा आएको हो ।

नेपालबाट प्लाइउड बोकेको दुई वटा ट्रक भारततर्फ गरेर औपचारिकरुपमा सञ्चालनमा ल्याएको नेपाल इन्टर मोडल तथा यातायात विकास समितिका कार्यकारी निर्देशकले बताए । यस्तै फ्लाई एस लिएर आएको एक ट्रक नेपाल प्रवेश गरेको थियो । उद्घाटनका भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्यपश्चिम क्षेत्रको व्यापारलाई बढोत्तरी गरी देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरे, भन्सार विभागमा महानिर्देशक लगायतको सहभागिता थियो । वाणिज्य तथा आपूर्ति सचिव घिमिरेले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवर्द्धन गर्नुको साथै आयात निर्यातलाई सहज बनाउने बताए ।

उनले एकीकृत जाँच चौकी निर्माणको लागि भारत सरकार, निर्माणकर्ता र जाँच चौकी निर्माणमा गरेको सहयोगले मूर्तरूप लिएको बताए । भन्सार विभागमा महानिर्देशक ढुण्डीप्रसाद निरौलाले जाँच चौकी सञ्चालनमा आएपछि सामान निकासी पैठारीमा सहजता हुनुको साथै चोरी निकासीमा नियन्त्रण भई राजश्वमा वृद्धि हुने बताए ।

यससँगै नेपाल–भारतबिच ४ सीमा नाका (विराटनगर,वीरगन्ज, भैरहवा र नेपालगन्ज) मा व्यवस्थित रुपमा दुवैतर्फ समान रूपमा एकीकृत जाँच चौकीको निर्माण  गर्न नेपाल सरकार र भारत सरकार २००५ मा सम्झौता भएको थियो । उक्त समझदारी अनुरूप वीरगन्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण भने २०७७ साल असोज २६ गते सुरु भएको थियो र २०८० साल फागुनमा सम्पन्न भएको हो । कुल ४५.८१ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीमा पहिलो चरणमा १८.०५ हेक्टरमा संरचनाहरूको निर्माण भएको छ ।

यस एकीकृत जाँच चौकीमा कुल आयात तर्फ २०० वटा र निर्यात तर्फ ७५ वटा ट्रकहरूको लागि पार्किङ क्षेत्र छ । यस्तै भन्सार, अध्यागमन, क्वारेनटिन, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका अन्य संरचनाका लागि भवन, आयातको ३ वटा गोदाम, एप्राइजल सेड, स्टफिङ/डिस्टफिङ सेड लगायतको समेत व्यवस्था छ । २ अर्ब भारुको लागतमा निर्माण सम्पन्न भएको यस जाँच चौकीको उद्घाटन २०८० सालको जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप