गाजामा थप एक बन्धकको शव फेला
गाजा । इजरायली सेनाले गाजामा अर्का एक बन्धकको शव फेला पारेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ५३ वर्षीय रोन बेन्जामिनको शव शुक्रबार अन्य तीन बन्धकको शवसँगै भेटिएको थियो।
इजरायली सेनाका अनुसार ५३ वर्षीय बेन्जामिन अक्टोबर ७ मा गाजा सीमा नजिक साइकल यात्रामा भाग लिइरहेका थिए। हमास लडाकुहरूले सोही दिन इजरायलमा आक्रमण गरेका थिए । इजरायलले हमासको आक्रमणमा १२ सय मानिस मारिएको दाबी गरेको छ भने गाजामा २५२ जनालाई बन्धक बनाइएको बताएको थियो ।
इजरायली सेनाले सोसल मिडिया प्लेटफर्म एक्समा बेन्जामिनको अक्टोबर ७ मा नै मृत्यु भएको जानकारी दिएको छ । इजरायली सेनाका अनुसार उनको परिवारलाई पनि यसबारे जानकारी गराइएको छ । शुक्रबार इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन बन्धकहरूको शव फेला पारेको दाबी गरेको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि इजरायली सेनाको आक्रमणबाट ३५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको दाबी गरेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण