सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

बुधबार, २६ वैशाख २०८१, २२ : ३०
बुधबार, २६ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गरेका छन् ।  बुधबार एमाले र माओवादीले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले राती साढे १० बज्न लाग्दा २८ गते शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले आव्हान गरेका हुन् । मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही उपधारा अनुसार नियुक्त भएका हुन् ।

उनले गरेको आव्हानमा अनुसार भोलि बिहान दाबी प्रस्तुत गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार दिउँसो प्रदेश प्रमुखले सांसदहरुलाई सनाखत गराउने छन् । 
मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि बुधबार दिनभर एमाले र माओवादी नयाँ सरकार गठनको आह्वान गराउन सक्रिय भएका थिए । सोही अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

koshi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप