सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकार विवादको आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

बिहीबार, २७ वैशाख २०८१, ११ : ४०
बिहीबार, २७ वैशाख २०८१

धनगढी । सुदूरपश्चिम सरकार विवादको आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । गत मंगलबार सर्वोच्च अदालतको संयुक्त इजलासले तीन वा सो भन्दा धेरै न्यायाधीशहरुले सुनुवाइ गर्ने गरी पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

आज त्यसको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।  सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको  थियो ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन् ।  मंगलबार भएको पेशीमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले यो विवादलाई पूर्ण इजलासमा पठाएको थियो ।

अब तीन, पाँच वा सात न्यायाधीशको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने छ । इजलासलाई संवैधानिक व्याख्या हुनुपर्ने लागेमा यस्तो विवादहरूलाई तीन न्यायाधीश वा सो भन्दा धेरैले हेर्न सक्ने गरी पूर्ण इजलासमा पेस गर्ने आदेश गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप