सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘वर एन्ड बधू’का लागि आँचलले खेलिन् फाइट

बिहीबार, २७ वैशाख २०८१, २१ : २६
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । अभिनेत्री आँचल शर्मालाई दर्शकले सधैँ क्युट भूमिकामा देख्दै आएका छन् । अब भने उनी एक्सनमा पनि देखिने भएकी छन् । फिल्म ‘वर एन्ड बधू’ मा उनी एक्सन (फाइट) का साथ देखिन लागेकी हुन् ।

बिहीबार मुलपानी क्रिकेट ग्राउन्डको अपोजिटमा रहेको रोयल प्यालेसमा उनले फिल्मको लागि दिनभरि फाइटका दृश्य छायाङ्कन गराएकी छन् । फिल्मको खलपात्रहरुसँग लड्दै आफूलाई बचाएको दृश्य त्यहाँ खिचिएको थियो ।

एक्सनको दृश्यको निर्देशन हिमाल केसीले गरेका थिए भने छायाङ्कन सुदीप बरालले गरेका थिए । आँचललाई एक्सनमा साथ नव नायक विवेक कर्माचार्यले दिएका थिए । ‘आँचल काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन्’ द्वन्द्व निर्देशक हिमालले भने ।

आँचलले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो । त्यस्तै काम गर्न पाएको बताइन् । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ’ आँचलले थपिन् ।

यता, नायक विवेकले पनि काम निकै राम्रो भएको भन्दै दङ्ग देखिए । उनले फिल्मका लागि प्याक्स समेत बनाएका छन् । यसका लागि उनले नुन छाडेको चार साता भयो । दिनमा एक लिटर मात्र पानी पिएका छन् । चिनी र तेल छोएकै छैनन् । विवेक फिल्मबाट निकै आशावादी सुनिए ।

रोमानियामा पहिलो चरणको छायाङ्कन सकेर केही समय ब्रेक गरेपछि निर्देशक मिलन चाम्सले दोस्रो चरणको छायाङ्कन अहिले काठमाडौँमा गरिरहेका हुन् । मिलनका अनुसार अझै एक साता भन्दा बढी समय छायाङ्कनका लागि लाग्ने बताए । दुई वटा गीतको छायाङ्कन सकेपछि सम्पूर्ण छायाङ्कन सकिने मिलनको भनाई छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । छायाङ्कन सकिएपछि फिल्मको प्रदर्शन मिति तोक्ने तयारी मिलनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप