फेमिस प्रणालीमा पुनः समस्या, श्रम स्वीकृतिमा अवरोध
काठमाडौँ । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ । फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृति लगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।
उक्त समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले जनाएको छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि केही महिना अगाडि फेमिसमा समस्या आएको थियो । जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए ।
विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले जीआईडीसीमा विहानैदेखि समस्या आएकाले फेमिसमा समेत समस्या आएको बताए । विभागको सर्भर क्षमता कमजोर हुँदा विभागले जीआईडीसीको सर्भरबाट काम गर्दै आएको छ । उक्त सर्भरमा समेत समस्या आएपछि फेसिम सर्भरमा पनि समस्या आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण