‘बस्यौ अलक्कै’ मा अर्जुन र गरिमाको रोमान्स
सोमबार, ३१ वैशाख २०८१, १३ : १६

काठमाडौँ । लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बस्यौ अलक्कै’ सार्वजनिक भएको छ । गीत गायनमा सापकोटालाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।
अर्जुनकै सङ्गीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । एचबिएन किस्मतको एरेन्ज गीतमा छ । गीतमा भिडियो पनि बनेको छ । भिडियोमा गायक सापकोटाले मोडल गरिमा शर्मासँग रोमान्स गरेका छन् ।
युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको भिडियो विशाल घिमिरे निर्देशन गरेका हुन् । भिडियोमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको अभिनय छ ।
बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी नियुक्त
-
‘बटरफ्लाई भुटान’ लाई सर्वोत्कृष्ट पुरस्कार दिँदै सकियो किम्फ
-
रोग पहिचान हुनासाथ विपन्नलाई उपचार खर्च दिनुपर्छ
-
आज राजावादीको प्रदर्शन नहुने
-
कार्यविधि परिमार्जन गरी उपचार खर्च सहज रूपमा उपलब्ध गराउँछौँ
-
दलहरूबिच कुरा नमिल्दा कर्णाली खेलकुद विकास परिषद्को जिम्मेवारी महाशाखा प्रमुखलाई