सिभिलको नाफा बढ्यो तर चुक्तापुँजी पुगेन, नेपाल बङ्गलादेश अझै सुध्रिएन, अरू के–के भए ?
सिभिल बैङ्कले गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२६ प्रतिशतले नाफामा बढोत्तरी गरेको छ । बैङ्कले ३५ कारेड ५४ हजार रुपियाँ नाफा गरेको छ । गत वर्षको यसै अवधिमा सिभिलको नाफा १५ करोड ४४ लाख रुपियाँ थियो । बैङ्कले खुद ब्याज आम्दानी ८९ करोड २८ लाख रुपियाँ गरेको छ ।
यो गत वर्षको तुलनामा २१.७१ प्रतिशतले बढी हो । गत वर्ष ७३ करोड ३५ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो । बैङ्कको लागत (कस्ट अफ फन्ड) बढेर ८.८१ प्रतिशतमा पुगेको छ । गत वर्ष ६.२५ प्रतिशत थियो । सिभिलले ९ महिनामा ३६ अर्ब ३७ करोड निक्षेप सङ्कलन गरेको छ भने ३४ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ । बैङ्कले खराब कर्जा घटाएर ३.७४ प्रतिशतमा झारेको छ ।
गत वर्ष ४.६६ प्रतिशत थियो । बैङ्कले चुक्तापुँजी भने पुर्याउन अझै सकेन । बैङ्कको चुक्तापुँजी ६ अर्ब ९३ करोड रुपियाँ रहेको छ । सिभिलको प्रतिसेयर आम्दानी ८.९१ रुपियाँ र प्रतिसेयर नेटवर्थ १६७.२४ रुपियाँ रहेको छ ।
यता, नेपाल बङ्गलादेश बैङ्कको नाफा भने १४.१७ प्रतिशतले घटेको छ । २०७४ चैतसम्म बैङ्कले ७१ करोड रुपियाँ खुद नाफा गरेको छ । गत वर्ष ८२ करोड रुपियाँ नाफा गरेको थियो । बैङ्कले १ अर्ब २४ करोड रुपियाँ खुद ब्याज आम्दानीबाट कमाएको छ । यो गत वर्षको तुलनामा १४.६१ प्रतिशतले बढी हो । यसले चुक्तापुँजी ८ अर्ब रुपियाँ पुर्याएको छ । बैङ्कको प्रतिसेयर आम्दानी १२ रुपियाँ छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपियाँ छ । बैङ्कको खराब कर्जा बढेर १.७७ प्रतिशतमा आइपुगेको छ । गत वर्षको यसै अवधिमा बैङ्कको खराब कर्जा १.०१ प्रतिशत थियो ।
अधिकांश बैङ्कले नाफा बढाए पनि प्रतिसेयर आम्दानीमा गिरावट, कसको कति छ ?
उसो त माछापुछ«े बैङ्कको पनि नाफा १८.९० प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा १ अर्ब बढी नाफा गरेको बैङ्कले चालु आवको चैतसम्ममा ८१ करोड ५० लाख रुपियाँ मात्र नाफा गरेको हो । बैङ्कले ब्याज आम्दानीबाट १ अर्ब ७८ करोड रुपियाँ कमाएको छ । गत वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो । गत वर्ष १ अर्ब ७५ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।
माछापुछ«े बैङ्कले ९ महिनामा ६८ अर्ब ४३ करोड निक्षेप सङ्कलन गर्दा ६२ अर्ब २१ करोड रुपियाँ कर्जा लगानी गरेको छ । बैङ्कको कस्ट अफ फन्ड झण्डै दोब्बरले बढेको छ । गत वर्ष ४.२६ प्रतिशत कस्ट अफ फन्ड रहेको बैङ्कको यो चैतसम्म बढेर ७.५३ प्रतिशत पुगेको छ । बैङ्कको खराब कर्जा घटेर ०.३५ प्रतिशत कायम भएको छ ।
बैङ्कको प्रतिसेयर आम्दानी १३.७५ रुपियाँ छ भने प्रतिसेयर नेटवर्थ १२२.२६ रुपियाँ छ ।
यता, नविल बैङ्कले ४.३० प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । यो त्रैमासमा नविलले २ अर्ब ६७ करोड रुपियाँ नाफा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण