नीति तथा कार्यक्रम : राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति निर्माणमा जोड
काठमाडौँ । सरकारले राष्ट्रिय, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध र रणनीतिक पूर्वाधार एवम् सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलमा संसदको संयुक्त सदनमा सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति कायम गर्ने जनाएका हुन् ।
‘राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, रणनीतिक पूर्वाधार एवम् सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिनेछ’, सरकाले नीति तथा कार्यक्रममा भनेको छ, ‘सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिनेछ ।’
त्यसैगरी राष्ट्रिय हित, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा एवम् आर्थिक समुन्नतिलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने सरकारले जनाएको छ ।
‘संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताको आधारमा मुलुकको विशिष्ट अन्तर्राष्ट्रिय पहिचान कायम गर्नेगरी परराष्ट्र सम्बन्ध सञ्चालन गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी संयुक्त राष्ट्र सङ्घलगायत बहुपक्षीय मञ्च तथा संस्थामा नेपालको भूमिकालाई थप सशक्त बनाइने सरकारले जनाएको छ । ‘अन्तर्रािष्ट्रय मुद्दाहरूमा नेपाल र नेपालीको हितका लागि पैरवी गरिनेछ। विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा निकायका नेतृत्व तहमा नेपालको प्रतिनिधित्व बढाउन पहल गरिनेछ’, सरकारले भनेको छ ।
वैदेशिक लगानी तथा व्यापार, रोजगारी र पर्यटन प्रवर्द्धन गर्न सक्षम आर्थिक कूटनीति सञ्चालन गर्न संस्थागत क्षमता सुदृढ तुल्याइनेछ। गैरआवासीय नेपालीको ज्ञान, सिप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गर्ने सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण