युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु
एजेन्सी /खेरसन । युक्रेनको खेरसनमा ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । यो क्षेत्र हाल रुसको नियन्त्रणमा छ ।
दक्षिणी युक्रेनको खेरसनको रुसी नियन्त्रित भागमा युक्रेनी ड्रोन आक्रमणमा २० भन्दा बढी घाइते भएको रुसी गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् ।
साल्डोले युक्रेनले स्थानीय समयअनुसार बिहान करिब साढे ९ बजे ओलेस्कीको बजारमा आक्रमण गरेको थियो ।
यसअघि रुसी आक्रमणमा दुई युक्रेनी नागरिकको मृत्यु भएको खबर आएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रातको समयमा गरिएको रुसी ड्रोन आक्रमणको विरोध गरेका छन् । उनले ओडेसा सहरमा २१ वटा ड्रोन आक्रमण भएको बताए । यसका कारण धेरै ठाउँमा आगलागी भएको र धेरै मानिसको मृत्यु भएको उनको भनाइ छ ।
उनले कीभ र सुमीलगायत अन्य क्षेत्रहरूमा पनि आक्रमण भएको बताए । रुसले विनासर्त युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई ‘बेवास्ता’ गरिरहेको जेलेन्स्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण