शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

युक्रेनकाे खेरसनमा ड्रोन आक्रमण, कम्तीमा सात जनाको मृत्यु

बिहीबार, १८ वैशाख २०८२, २० : ३३
बिहीबार, १८ वैशाख २०८२

एजेन्सी /खेरसन । युक्रेनको खेरसनमा ड्रोन आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ । यो क्षेत्र हाल रुसको नियन्त्रणमा छ । 

दक्षिणी युक्रेनको खेरसनको रुसी नियन्त्रित भागमा युक्रेनी ड्रोन आक्रमणमा २० भन्दा बढी घाइते भएको रुसी गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् ।

साल्डोले युक्रेनले स्थानीय समयअनुसार बिहान करिब साढे ९ बजे ओलेस्कीको बजारमा आक्रमण गरेको थियो । 

यसअघि रुसी आक्रमणमा दुई युक्रेनी नागरिकको मृत्यु भएको खबर आएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रातको समयमा गरिएको रुसी ड्रोन आक्रमणको विरोध गरेका छन् । उनले ओडेसा सहरमा २१ वटा ड्रोन आक्रमण भएको बताए । यसका कारण धेरै ठाउँमा आगलागी भएको र धेरै मानिसको मृत्यु भएको उनको भनाइ छ । 

उनले कीभ र सुमीलगायत अन्य क्षेत्रहरूमा पनि आक्रमण भएको बताए । रुसले विनासर्त युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई ‘बेवास्ता’ गरिरहेको जेलेन्स्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप