शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नामी र सेरेसले सुरु गरे अफर

बिहीबार, १८ वैशाख २०८२, २० : ३१
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ ।  नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले देशभर नै चासोका साथ हेरिएको “प्री बजेट ब्याश“ अफर ल्याएका छन्। बिहीबार देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन्।

 यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ। अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् । जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउने कम्पनीको भनाइ छ । 

 नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा पनि उपलब्ध छ, जसअनुसार ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किंग डेमै प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । 

यो अनुभवलाई अझ रमाइलो बनाउन अफर अवधिभर टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ। त्यस्तै, गाडी बुकिङ गर्ने हरेक ग्राहकले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने निश्चित मौका पाउनेछन्।

 यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले बहुप्रतीक्षित आइफोन सिक्सटिन प्रो–म्याक्स पाउनेछन्।

यस अफर हिस्सा बन्न कम्पनीले वैशाख २२ गतेसम्म आफ्नो नजिकको नामी वा सेरेस शोरूममा भ्रमण गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप