उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको मुद्दा अन्तिममा पेशी रहेको थियो । ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेशी रहेको थियो ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी मङ्गलवारका लागि सरेको छ भने प्रधानमन्त्रीले विश्वासको मत लिएका छन् । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।
यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए । यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए ।
अब मंगलबार मात्र यो विवादमा सुनुवाइ हुँदै आदेश हुने छ। मङ्गलवार हुने सुनुवाइमा यसको औचित्यमाथि पनि बहस हुने छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेकाले रिट खारेज पनि हुनसक्ने सम्भावना देखिन्छ । त्यस्तै मङ्गलवार नै यादवले दायर गरेको दल विभाजनको मुद्दाको पनि पेशी तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण