उपेन्द्र यादवको रिटमा आज पेशी
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी सर्यो, उता प्रधानमन्त्रीले विश्वासको मत लिए । प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन् । उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।
यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए । यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण