मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर

सोमबार, १४ जेठ २०८१, १९ : ३६
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै बदर हुने फैसला सुनाएको हो । 

सर्वोच्चको यो फैसलासँगै मुख्यमन्त्री अधिकारीले पद गुमाएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० जनाको मत पाएका थिए । उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेपछि नेपाली कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । 

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारीविरुद्ध दर्ता गराइएको यो दोस्रो रिट थियो । यसअघि दायर भएको रिट सर्वोच्चले खारेज हुने फैसला सुनाएको थियो । उक्त फैसलापछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए । 

विश्वासको मत पाउनका लागि एक मत कम भएको भनी विवाद भइरहेको समयमा सभामुखले ३० मत प्राप्त गरे पनि उपस्थित सांसदको सङ्ख्या ५९ भएको भन्दै बहुमत भएको तर्क गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप