फर्गुसनको कीर्तिमानसँगै न्युजिल्यान्डको सहज जित
काठमाडौँ । टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान केन विलियमसन र डेयरल मिचेलले नटआउट रहेर क्रमशः १८ र १९ रन बनाउँदै टोलीलाई जित दिलाए । पपुवा न्युगिनीका काबुआ मोरेयाले २ विकेट लिए ।

यसअघि लोकी फर्गुसनको दुर्लभ कीर्तिमानको मद्दतले न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७८ रनमा सीमित गर्न सफल भएको थियो । खेलमा फर्गुसनले ४ ओभर बलिङ गर्दै चारै ओभर मेडेन राखेर ३ विकेट लिन सफल भए ।
टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर हुन् । टी–२० अन्तर्राष्ट्रियमा पनि यो रेकर्ड उनीबाहेक क्यानडाका साद बिन जाफरले मात्र बनाएका छन् । उनले सन् २०२१ मा टी–२० विश्वकपको छनोट खेलमा पानामाविरुद्ध ४ ओभर बलिङ गर्दै कुनै पनि रन नदिई २ विकेट लिन सफल भएका थिए ।
पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै, नोरमान भानुवाले १४ तथा सेसे बाउले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, टीम साउथी र इस सोधीले २–२ विकेट हात पारे । मिचेल स्यान्टनरले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण