युरो २०२४ को पहिलो खेलमा नै स्तब्ध बन्यो बेल्जियम
सोमबार, ०३ असार २०८१, २३ : ४४
काठमाडौँ । युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा पराजित भएको छ । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले स्तब्ध बनेको हो ।
खेलमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको ७ औँ मिनेटमा गोल गर्दै स्लोभाकियालाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

त्यसपछि बेल्जियमले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । रोमेलु लुकाकुले दुई पटक गोल गरे पनि त्यसलाई अफसाइड भन्दै भीएआरले रद्द गरेको थियो । त्यस्तै टोलीले कम्तीमा तीनवटा गोलको सुन्दर अवसर गुमाएको थियो ।
जितपछि ३ अङ्क बटुलेको स्लोभाकिया समूह ई को दोस्रो स्थानमा रहेको छ । गोलअन्तरको आधारमा रोमानिया समूहको शीर्ष स्थानमा छ । यसअघि टोलीले युक्रेनलाई ३–० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण