इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता
रोम । इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको र दर्जनौँ बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् ।
लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल १० शव फेला पारेको जर्मन सहायता समूह रेसक्यूशिपले सामाजिक सञ्जाल एक्समा बताएको छ ।
“रेसक्यूशिपको जहाज, नाडिरमा सवार चालक दलले हाल जहाजमा ५१ जनाको हेरचाह गरिरहेको,” जर्मन परोपकारी संस्थाले भनेको छ, “पानीले भरिएको काठको डुङ्गामा जम्मा ६१ जना सवार थिए । हाम्रो टोलीले ५१ जनालाई बाहिर निकाल्न सफल भयो, तीमध्ये दुईजना बेहोस थिए । मृतक १० जना डुङ्गाको तल्लो डेकमा रहेका छन् ।”
यसैबिच इटालीको तटरक्षकले जहाज दुर्घटनापछि क्यालाब्रियामा मानिसहरूको खोजी गरिरहेको बताएको छ । बाँचेका मानिसहरुका अनुसार ६० जना आप्रवासी बेपत्ता भएको मिडिया रिपोर्टले जनाएको छ ।
गत रातिदेखि सम्भावितरूपमा टर्कीएबाट प्रस्थान गरेका आप्रवासीहरू सहितको डुङ्गाको जहाज दुर्घटनापछि सम्भावित बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको तटरक्षकले बताएको छ । इटालीको तटबाट टाढा जाँदै गरएको फ्रान्सेली डुङ्गाबाट उद्धार प्रयासहरू सुरु भएको तटरक्षकले बताएको छ ।
फ्रान्सेली जहाजले १२ जना जीवित आप्रवासीहरूलाई जहाजमा लिनुअघि अधिकारीहरूलाई ‘आधा डुबेको डुङ्गाको उपस्थिति’ बारे सचेत गराएको थियो । त्यसपछि उनीहरूलाई इटालियन तटरक्षक डुङ्गामा स्थानान्तरण गरियो ।
उक्त डुङ्गाले उनीहरूलाई दक्षिणी इटालीको रोसेला आयोनिका सहरमा लग्यो । तटरक्षकका अनुसार बाँचेका १२ मध्ये एकको तल ओर्लिएपछि मृत्यु भएको छ ।
एएनएसए समाचार एजेन्सीका अनुसार जहाज डुबेपछि करिब ५० आप्रवासी बेपत्ता भएका थिए । यद्यपि रेडियो रेडिकेलले यो सङ्ख्या ६४ रहेको बताएको छ । उसले समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण