फगुर्सनको दुर्लभ रेकर्ड : ४–४–०–३
सोमबार, ०३ असार २०८१, २३ : ३०
काठमाडौँ । ४–४–०–३ । यो लोकी फर्गुसनले पपुवा न्युगिनीविरुद्धको खेलमा बलिङमा बनाएको तथ्याङ्क हो । योसँगै न्युजिल्यान्डका तीव्र गतिका बलर टी–२० अन्तर्राष्ट्रियमा ४ ओभरको स्पेल मेडेन फाल्ने मात्र दोस्रो खेलाडी बनेका छन् । टी–२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो हुन् ।
सोमबार पपुवा न्युगिनीविरुद्ध समूह चरणको अन्तिम खेलमा चार ओभर बलिङ गर्दै उनले ४ वटै ओभर मेडेन (एक पनि रन नदिई) ३ विकेट हात पारे । खेलमा पहिले बलिङ गरेको न्युजिल्यान्डले पपुवा न्युगिनीलाई १९.४ ओभरमा ७८ रनमा सीमित गर्न सफल भएको थियो ।
यो उपलब्धि यसअघि क्यानडाका साद बिन जाफरले हासिल गरेका थिए । सन् २०२१ मा टी–२० विश्वकपको अमेरिकी रिजनल क्यालिफायरमा उनले पानामा विरुद्ध ४ ओभर बलिङ गर्दै ४ ओभर नै मेडेन राखेर २ विकेट लिन सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण