बैतडीमा एक पुरुषको हत्या गरेको आरोपमा तीन जना पक्राउ
बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ ।
भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए ।
तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो । मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
पक्राउपछि भागरथीले आफूले नै वीरभानको हत्या गरेको स्वीकार गरिसेकेकी छन् । उनले चिर्पटले हानेर वीरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीको भनाइ छ । यही असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्द प्रयोग गरेपछि सहन नसकेर चिर्पटले हानेर हत्या गरेको भागरथीको बयान रहेको प्रहरीले जनाएको छ ।
हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोमबार भागरथीको घरबाट खेतको आली हुँदै पाँच सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए ।
विस्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा राजेन्द्र र किशोरलाई पक्राउ गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए ।।
मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण