अर्बौं रुपियाँको विदेशी रक्सी खान्छन् नेपाली, कुन–कुन देशबाट भित्रिन्छ ?
नेपालीहरूले बर्सेनि अर्बौं रुपियाँको विदेशी रक्सी खरिद गर्ने गरेको एउटा तथ्याङ्कले देखाएको छ । बर्सेनि रक्सीकै लागि अर्बौैं रुपियाँ देशबाट बाहिरिन्छ । चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा (चैत मसान्तसम्म) देशमा रक्सी मात्रै १ अर्ब ८५ करोड रुपियाँको भित्रिएको छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा भने यो आयात कम हो । गत वर्ष (२०७३/०७४) २ अर्ब १६ करोड रुपियाँभन्दा बढीको रक्सी नेपाल भित्रिएको थियो ।
यो नौ महिनामा सबैभन्दा बढी रम, जिन र ह्विस्की भित्रिएको हो । अन्य समूहअन्तर्गतको रम जिन, ह्विस्की मात्रै १ अर्ब १ करोड रुपियाँभन्दा बढीको भित्रिएको भन्सार विभागले जनाएको छ । बियर, वाइन, रक्सी बनाउने कच्चा पदार्थ, कक्टेल र अन्य गरेर चालु नौ महिनामा झण्डै २ अर्बको भित्रिएको भन्सार विभाग तथ्याङ्क शाखाका निर्देशक विनोद आचार्यले जनाए ।
आचार्यले नेपाली उद्योगले माग धान्न सक्ने अवस्थामा मात्र आयात कम हुने बताउँदै नेपालमा उत्पादन कम हुँदा आयात गर्नुपरेको उल्लेख गरे । मदिराजन्य पदार्थको मूल्य बृद्धि हुँदा पनि आयात बढेको देखिन सक्ने उनले बताए ।
८१ लाख ९६ करोड ४ सय १ लिटर रक्सी नेपाल भित्रिएको विभागको तथ्याङ्कमा छ । विश्वका विभिन्न देशबाट आयात हुने मदिराजन्य पदार्थमा नेपालीमाझ सबैभन्दा बढी विदेशी रम, जिन र ह्विस्की लोकप्रिय रहेको तथ्याङ्कले देखाउँछ । तर गत वर्षको तुलनामा रम, जिनको आयात घटेको छ । गत वर्ष १ अर्ब ४१ करोड ५६ लाख रुपियाँभन्दा बढीको आयात भएको थियो । विश्वका विभिन्न १६५ देशबाट मदिराजन्य पदार्थ आयात हुने गरेको छ ।

स्रोत : भन्सार विभाग
कुन देशबाट सबैभन्दा बढी भित्रिन्छ ?
वियर यो वर्ष सबैभन्दा बढी अमेरिका, थाइल्यान्ड र बेल्जियमबाट भित्रिएको छ । गत वर्ष थाइल्यान्डको स्थानमा मेक्सिको थियो । गत वर्ष १३ देशबाट आयात भएको वियर यस वर्ष १५ देशबाट आयात भएको छ । यता, वाइन ५२ देशबाट आयात भएको मध्ये सबैभन्दा बढी अस्ट्रेलिया, फ्रान्स र चिलीबाट भित्रिएका छन् । गत वर्ष ५१ देशबाट भित्रिएकोमा सबैभन्दा बढी अस्ट्रेलिया, स्पेन र साउथ अफ्रिकाबाट आएको थियो । यस्तै कक्टेल ४ वटा देशबाट भित्रने गरेकोमा यस वर्ष पोर्चुगल र स्पेनले बढी पठाएका छन् । गत वर्ष इटाली, इन्डिया र कोरियाले सबैभन्दा बढी पठाएका थिए । यस्तै रक्सी उद्योगहरूले ल्याउने कच्चा पदार्थ ५३ करोड ८४ लाख रुपियाँको भित्रिएको छ । गत वर्ष ५० करोड ९५ लाख रुपियाँको भित्रिएको थियो । कच्चा पदार्थ भारत, पोल्यान्ड, फ्रान्सलगायतको देशबाट भित्रिन्छ ।

विदेशबाट नेपालमा वाइन भित्र्याउँदा २४० रुपियाँ प्रतिलिटर भन्सार महसुल तिर्नुपर्ने प्रावधान छ । वाइनमा अन्तःशुल्क भने १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको अवस्थामा २५० रुपियाँ लाग्छ र १७ प्रतिशतभन्दा बढी भएको अवस्थामा २९० रुपियाँ प्रतिलिटर तिर्नुपर्छ । यस्तै मूल्य अभिवृद्धिकर १३ प्रतिशत तिर्नुपर्छ । यता वियरमा १२५ रुपियाँ प्रतिलिटरका दरले भन्सार महसुल, ९८ रुपियाँ अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्छ । कक्टेलको भने ३० प्रतिशत भन्सार महसुल र प्रतिलिटर २० रुपियाँ अन्तःशुल्क लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण