उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित
मङ्गलबार, २९ जेठ २०८१, १८ : १०
जनकपुर । जनकपुरमा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
दोस्रो दिन बिहान १० बजेदेखि सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष यादवले ३१ पन्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
८ घण्टाको बहसपछि प्रतिनिधिहरूले सुझावसहित अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
एकताको राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो ।
त्यसपछि सबै समूहले अध्यक्षको प्रतिवेदनमाथि गहनरुपमा छलफल गरेर आफ्नो सुझावसहित पारित गरेको प्रवक्ता सुमन बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण