चन्द्रबाबुले लिए आन्ध्र प्रदेशको मुख्यमन्त्रीको शपथ
बुधबार, ३० जेठ २०८१, १२ : ४३
नयाँ दिल्ली । चन्द्रबाबु नायडुले आन्ध्र प्रदेशको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । बुधबार विजयवाडामा भएको उनको शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, यातायातमन्त्री नितिन गडकरी र रक्षामन्त्री राजनाथ सिंह सहभागी भएका थिए ।
नायडूसँगै जनसेना पार्टीका अध्यक्ष पवन कल्याणले पनि शपथ लिएका छन् । पवन उपमुख्यमन्त्री बनेका छन् । चन्द्रबाबु नायडूका छोरा नारा लोकेशसहित कुल २४ नेताले मन्त्रीको शपथ लिएका छन् ।
लोकसभा चुनावसँगै प्रदेशमा विधानसभाको निर्वाचन पनि भएको थियो । टीडीपी, जनसेना र बीजेपी सम्मिलित एनडीएको गठबन्धनले विधानसभाका १७५ सिटमध्ये १६५ सिट जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण