बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
जीवन भोगाई

हरेराम अर्थात हार्मोनियम मिस्त्री (तस्बिरहरू)

शनिबार, ०१ असार २०८१, १२ : ०९
शनिबार, ०१ असार २०८१

काठमाडौँ । असन चोकबाट बाङ्गेमुढा तिर लाग्दा हार्मोनियमको आवाज नसुन्ने सायद कोही होलान् । हत्तपत्त कोही नछिर्ने पुरानो र साँघुरो घर, त्यही घरको पहिलो तल्लामा छ हरेराम म्युजिक सेन्टर ।

हरेराम शाह अर्थात हार्मोनियम मिस्त्री । नेपाली सङ्गीत जगत्मा लागेका र लाग्दै गरेका जोकोहीलाई पनि थाहा छ हरेरामको बारे । बुबा थाकाराम शाहको पाँच सन्तानमध्येको जेठा छोरा हुन हरेराम । हरेरामले जे जति सिके आफ्नो बुबासँगै सिके । 

उनी बुबासँग १५ वर्षकै उमेरमा हार्मोनियम बनाउन नेपालका विभिन्न जिल्ला चाहारे । पछि २०३४-३५ सालतिर मात्र असनको न्हैकंनतलाको घरमा डेरा गरी हार्मोनियम मर्मत गर्न थालेको उनी बताउँछन् । त्यस समयदेखि उनी  हार्मोनियम मर्मतमै सक्रिय छन् ।

हरेराम शाह उमेरले छ दशक काटिसकेका छन् । उनी प्रत्येक दिन आफ्नो म्युजिक सेन्टरमा हार्मोनियम मर्मत गर्न व्यस्त देखिन्छन् । पुर्ख्यौली पेसा भएर होला जोस र जाँगरमा अलिकति पनि कमी आएको छैन् तर आँखालाई भने चस्मा नभई नहुने भएको छ ।

उनी कुसल हार्मोनियम मिस्त्री मात्र भने होइन्न । कुसल हार्मोनियम वादक पनि हुन उनी । १६–१७ वर्षकै उमेरमा गायक एंव सङ्गीतकार फत्तेमान राजभण्डारीले रुचाएको उनलाई नेपाली सङ्गीतका महान् हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए । गुरुङले हरेरामलाई हार्मोनियम बजाउन् मात्र भने सिकाएनन् पछि आफ्नो वाद्यवादक भित्रसमेत राखेको हरेरामले सुनाए ।

पाकिस्तानी गजल सम्राट् गुलाम अलिदेखि नेपालका महान् साङ्गीतिक हस्तीहरूले पत्याएका हरेराम आफ्नो पसलमा हार्मोनियम मर्मत गर्न आउने जोकोहीसँग पनि मिठो बोल्ने गर्दछन् र संगीतसाधना गर्न हौसला दिने गर्दछन् । तीन सन्तानका बुबासमेत रहेका उनी यही कामबाट दुई छोरा र एक छोरीलाई डाक्टर बनाउन सफल भएका छन् । श्रीमती सुनैना शाह र दुई छोराहरूले पनि हार्मोनियम मर्मत गर्ने भएकोले हरेरामलाई खुसी छन् ।

हरेरामले अहिले भने १७ वर्षीय चन्दन झा र इन्द्रजीत शाहलाई हार्मोनियम मर्मतको तालिम दिई रहेको छन् ।  पुर्ख्यौली पेसा एकबाट अर्कोमा हस्तान्तरण नगरे त लोप भई हाल्छनी, हरेराम बताउँछन् । 

_AB_5298_AB_5300_AB_5301_AB_5305_AB_5307_AB_5332_AB_5333_AB_5341_AB_5344_AB_5348_AB_5353_AB_5361_AB_5393_AB_5398

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप